चरासँग ठोक्किएको जजीरा विमानले उडान भर्दै
सोमबार, ०९ जेठ २०७९, १० : ००
अवतरणको क्रममा चरासँग ठोक्किएर उडान भर्न नसकेको जजीरा एयरको विमानले अहिले उडान भर्दै छ । काठमाडौंबाट आएको प्राविधिकको टोलीले चेकजाँच गरी प्रतिवेदन दिएपछि विमानले उडान भरिरहेको भैरहवा विमान स्थलका प्रमुख गोबिन्द दाहालले रातोपाटीलाई बताए ।
उनले भने ‘विमान ठिक-ठाक छ । त्यही अनुसार रिपोर्ट पनि आएको छ, अहिले यात्रुहरु चढ्दै छन् अव उड्छ ।’ यसअघि राति अवतरणको क्रममा जजीरा एयरलाइन्ससँग चरा ठोकिएको थियो । विमानको नोज र इन्जिन नजिक रगत देखिए पछि काठमाडौंबाट प्राविधिक आएका थिए । जजिराले भैरहवामा हप्तामा तीन दिन उडान गर्ने तालिका राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण