बुधबारबाट ‘माग्ने बुढा’को कमेडी शो ‘कमेडी हब’
दर्शकले अब नयाँ कमेडी टेलिभिजन शो ‘कमेडी हब’ हेर्न पाउने भएका छन् । कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले आफ्नो निर्देशनमा शो ल्याउन लागेका हुन् ।
बुधबारबाट सुरु हुने शोको सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शुभारम्भ भयो । जसको शुभारम्भ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतले गरे । कमेडी च्याम्पियन हिमेश पन्त, माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरे लगायत कलाकारको शोमा प्रस्तुति रहनेछ ।
एपीवान टेलिभिजनबाट साँझ ८ बजे प्रसारण हुने शोमा नयाँ पुस्ताका कमेडी कलाकार समेत देखिने छन् । मिडिया हब निर्माता रहेको शो उत्पादनमा केदारलाई कलाकार राजा राजेन्द्रको समेत सहकार्य रहनेछ । जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृखंला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिनेछ । कार्यक्रममा महजोडी, मनोज गजुरेल, जीतु नेपाल, दीपक राज गिरी लगायतले शोको सफलताको शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण