धुर्कोटमा विद्युतीय चुलो बाल्न विद्युत महसुलमा आधा छुट
मङ्गलबार, १० जेठ २०७९, ११ : ५२
गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा दोश्रो कार्यकालका लागि विजयी भएका भुपाल पोखरेलले विद्युतीय चुलो प्रयोगकर्ता प्रति परिवारलाई ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित पोखरेलले ग्यास चुलोलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन गर्न यस्तो निर्णय गरेको बताए ।
उनले दलित परिवारका १० जना विद्यार्थीलाई एसईई पछिको ३ वर्षे प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्ने र विभिन्न कारणले बुबाआमा नभएका २० जना विद्यार्थीलाई १२ कक्षासम्मको आवासीय शिक्षा सुनिश्चित गर्ने निर्णयसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण