तुलसीपुर १५ जिताउन नसकेको भन्दै माओवादी वडा अध्यक्षले दिए राजीनामा
मङ्गलबार, १० जेठ २०७९, १३ : ३८
नेकपा माओवादी केन्द्र दाङको तुलसीपुर उपमहानगर १५ वडा अध्यक्ष देवबहादुर बस्नेतले राजीनामा दिएका छन् । उपमहानगर १५ नम्बर वडा अध्यक्षका उम्मेदवार नवराज पुनलाई निर्वाचित गराउन असफल भएको भन्दै पार्टी वडा अध्यक्ष बस्नेतले नगर कमिटी अध्यक्षलाई राजीनामा बुझाएका हुन् ।
पार्टी उम्मेदवार जिताउन दिन रात लागेपनि नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि राजीनामा बुझाएका हुन् । सोही वडा अध्यक्षमा एमालेका लक्ष्मण चौधरी विजयी भएका छन् । चौधरीले १६०८ मत ल्याएर विजयी भएका छन् भने माओवादीका पुनले १५२४ मत ल्याएर पराजित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण