उपमेयरका उम्मेदवारले दिए पार्टीबाट राजीनामा
सत्ता गठबन्धन तर्फका तुलसीपुर उपमहानगरपालिकामा उपमेयर पदको उम्मेदवार बनेका एकीकृत समाजवादीका दाङका इन्चार्ज जोगबहादुर रानाले पार्टीबाट राजीनामा दिएका छन् । पराजितको नजिक नजिक पुगेका रानाले आफूलाई पार्टी र गठबन्धनले धोका दिएको दाबीसहित राजीनामा दिएका हुन् । उनले राजनीतिक नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।
उप मेयरका उम्मेदवार रानाले आफूले पार्टीभित्र निर्वाह गर्नसक्नुपर्ने भूमिका निर्वाह गर्न नसकेको प्रष्ट पार्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले नैतिकताका आधारमा एकीकृत समाजवादी दाङको इन्चार्जबाट राजीनामा दिएको सबैमा जानकारी गराउँदछु । राजीनामा मैले हाम्रो पार्टीभित्र निभाउन सक्ने भूमिका निभाउन सकिन । तर मुलुकको भविष्य एकीकृत समाजवादी मै छ । म आगामी दिनमा पार्टीलाई यो मुलुकको ठूलो पार्टी बनाउन निरन्तर लागि पर्नेछु । ’
उपमहानगरपालिकामा विजय बनाउन नसकेको भन्दै नैतिकतामा आधारमा राजीनामा दिएपनि पार्टी संगठन विस्तारका लागि आफू निरन्तर लागि पर्ने र मुलुकको भविष्य निर्धारण पनि एकीकृत समाजवादीको काँधमा रहेकाले राजीनामा बाट उपमहानगरपालिकावासी र पार्टी कार्यकर्तालाई बिचल्लित नहुन पनि समेत आग्रह गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको नेकपा एमालेकी उपमेयर उम्मेदवार स्यानी चौधरीभन्दा गठबन्धनका तर्फका उपमेयर पदका उम्मेदवार राना तीन हजार दुईसय मतले पछि परेका छन् । चौधरीले रानालाई सुरुवातदेखि नै पछि पार्दै आइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण