बन्चरेमा १७ वर्षपछि फोहोर विसर्जन
सरकारले बन्चरे डाँडा ल्यान्डफिल निर्माण शुरू गरेको १७ वर्षपछि मंगलबार बिहानबाट बल्लबल्ल फोहोर बिसर्जन गर्न शुरू भएको थियो। तर ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको तीन घण्टा पनि बित्न नपाउँदै प्रहरी र स्थानीयबीच हात हालाहाल भयो।
ल्यान्डफिल साइट पूर्ण रूपमा तयार नभइकनै सुनियोजित रूपमा बन्चरे ल्यान्डफिलमा फोहोर विसर्जन गरेको भन्दै स्थानीयले आन्दोलन गरेपछि प्रहरी र स्थानीयबीच झगडा भएको हो। शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निर्देशनपछि बिहान ५ सय सुरक्षाकर्मीको घेरामा सय ट्रक फोहोर बन्चरेडाँडामा बसालिएको थियो।
ल्यान्डफिल साइटको स्थानीय निकायका प्रतिनिधिसँग सल्लाह नगरी जबर्जस्ती फोहोर खसाल्न ल्याएकोमा आपत्ति जनाए । धुनिवेशी नगरपालिकाका नवनिर्वाचित मेयर बालकृष्ण आचार्यले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर मात्र फोहोर विसर्जन गर्नुपर्ने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण