पार्टीको कार्यकारीणी पदमा रहेका सरकारी शिक्षकलाई राजीनामा दिन नगर प्रमुखको निर्देशन
बुधबार, ११ जेठ २०७९, ११ : ३१
बर्दियाको राजापुर नगरपालिकाले पालिकाभित्रका सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन निर्देशन दिएको छ । नवनिर्वाचित मेयर दिपेश थारूले पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई पार्टीको जिम्मेवारी रहेका सबैलाई सात दिनभित्र राजीनामा दिइ त्यसको विवरण नगरपालिकामा पेस गर्न पत्राचार गरेका छन् ।
सवै विद्यालयलाई गरिएको पत्राचारमा राजनैतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनैतिक दलको कार्यकारीणी पदमा रहँदा विद्यालयको पठनपाठन प्रभावित हुने तथा आचरण विपरितको कार्य ठहरिने स्मरण गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण