लुम्बिनीमा चट्याङ लागेर २ जनाको मृत्यु, ३ जना घाइते
बुधबार, ११ जेठ २०७९, १५ : ०८
लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुरमहमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण