लुम्बिनी प्रदेशमा आधा खुम्चियो जसपा
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपाको लागि लुम्बिनी प्रदेशमा आफूले विगतमा जितेका सिटहरु गुमाएको छ । २०७४ सालमा १३ वटा सिट जितेको जसपाको सिट आधा घटेर ६ मा पुगेको छ ।
आफूले जितेका स्थानीय तह गुमाउँदा जसपाले नयाँ स्थानीय तहहरूमा भने आफ्नो उपस्थिति देखाएको छ । कपिलवस्तुमा विगतमा जितेका मायादेवी गाउँपालिकामा पराजित भए पनि कपिलवस्तु नगरपालिको मेयर र उपमेयर दुवै जित्न सफल भएको छ । यस्तै पार्टीले बाँके जिल्लाको नेपालगन्जमा उपमेयर जितेर उत्साह थपेको छ । पार्टीले बाँकेकै नरेनापुरामा अध्यक्ष र उपाध्यक्ष दुवै जित्न सफल भएको छ । जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले रुपन्देहीमा गुमाएको पनि बाँके र कपिलवस्तुमा फाइदा भएको दाबी गरे ।
पार्टी रुपन्देहीमा ४ वटा स्थानीय तहमध्ये अहिले एउटा अध्यक्षमा खुम्चिएको । गत स्थानीय निर्वाचनमा जसपाले रुपन्देहीमा रोहिणी, गैडहवा, कोटहीमाई, मर्चवारी गाउँपालिकामा जित हासिल गरेको थियो । यसपटक पार्टी रोहणीको अध्यक्ष मात्र जितको छ ।
प्रदेश अध्यक्ष यादवले लुम्बिनी प्रदेशका कम सिट आएको विषयमा गम्भीर छलफल पार्टी भित्र हुने बताए । उनले रातोपाटीसँग भने, ‘रुपन्देहीमा जितिन्छ भनेर गठबन्धन गरिएन तर परिमाण अर्कै आयो ।’ उनले रुपन्देहीका गुमाए पनि अन्य ठाउँमा मेयर र उपमेयर पाएकाले आत्तिन पर्ने अवस्था नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण