कपिलवस्तुको महाराजगन्जमा मेयर उपमेयर दुवै पदमा नेपाली काँग्रेसको जित
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा काँग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लाले २ हजार ४७४ मत पाए । उपप्रमुखमा काँग्रेसकी उम्मेदवार रीता कुमारी कुर्मी ११ हजार १६७ मतसहित विजय भइन् ।
उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार २ सय मत र लोसपाकी उम्मेदवार साबित्रीदेवी कुर्मीले २ हजार ५ सय ५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । मुसलमान दोश्रो कार्यकालका लागि प्रमुख बन्न सफल भएका हुन् भने उपप्रमुख जितेकी रीताले सासुको मृत्युपछि उपमेयरको टिकट पाएकी हुन् ।
उनकी सासु शुभावतीको उम्मेदवारी दर्ता गरेपछि निधन भएपछि काँग्रेसले रीतालाई उम्मेदवार बनाएको हो । रीता स्वास्थ्यकर्मी हुन् । उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण महाराजगञ्जमा ३ जेठमा चुनाव भएको हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण