आँचलको ‘वर एन्ड बधु’ निर्माण घोषणा
फिल्म ‘वर एन्ड बधु’ निर्माण घोषणा गरिएको छ । बुधबार निर्माण युनिटले काठमाडौमा एक कार्यक्रमकाबीच फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो । फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् ।
प्रेमकथामा निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्‍टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहनेछ ।
रोमानिया, इटली, फ्रान्स र नेपालमा छायांकन हुने बताइएको फिल्मको छायांकन जेठको अन्तिमबाट सुरु हुनेछ । कार्यक्रममा निर्देशक चाम्सले आफूले निर्देशन गरेको अन्य फिल्म भन्दा यो फरक हुने बताए ।
अभिनेत्री आँचलले निर्देशक चाम्सको फिलम पहिलो पटक खेल्न लागेको खुसी ब्यक्त गरिन् । उनले फिल्ममा आफु अहिलेसम्मकै फरक भुमिकामा देखिने बताइन् । नेपाली र हिन्दी भाषामा निर्माण हुने भनिएको फिल्ममा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भूषालको संगीत रहनेछ । फिल्ममा नृत्य निर्देशकको रुपमा कविराज गहतराज रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण