आर्ट काउन्सिलमा ‘कला प्रदर्शनी’
सिर्जना कलेज अफ फाइन आर्टस्को आयोजनमा काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा एकहप्ते कला प्रदर्शनी आयोजना गरिएको छ । कलेजसँग सम्बद्ध २४ प्रतिनिधिका ५१ वटा चित्र प्रदर्शनीमा समावेश रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा एक कलाकारका पाँच वटासम्म चित्र समेटिएको छ । कलाकारले विभिन्न समसामयिकसहित, जनजीविका, अमूर्त, धार्मिक, सांस्कृतिक तथा सम्पदा र पुरातात्विक क्षेत्रका चित्र सिर्जना गरेका छन् । फ्याँकिएका वस्तुबाट बनेका चित्रसमेत प्रदर्शनीमा राखिएको छ ।
कलेजका संस्थापक सदस्य तथा प्राध्यापक सुनिल रञ्जितले सिर्जना २०२२ शीर्षकमा कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । कलेजमा आबद्ध अग्रज कलाकारको सिर्जना प्रदर्शनी गर्दा विद्यार्थीलगायत अन्य कलाकारलाई समेत प्रेरणा मिल्ने र समाजमा कलेजको पनि उपस्थिति देखिने भएकाले प्रदर्शनी आयोजना गर्दै आइएको रञ्जितले जानकारी दिए ।
उनका अनुसार गत वर्ष कोरोनाका कारण प्रदर्शनी आयोजना गर्न नसकिए पनि यसपटक चौथो संस्करणका रुपमा प्रदर्शनी आयोजना गरिएको हो । यसरी कलेजले सन् २०१८ देखि प्रदर्शनी गर्दै आइएको थियो । प्रदर्शनीअन्तर्गत बिहीबार विद्यार्थीले प्रत्यक्षरुपमा मुहार चित्र सिर्जना गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण