नकारात्मक टिप्पणी गर्नेलाई करिश्मा दिइन् चेतावनी
अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिएकी छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् ।
जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो नगरेको र आफूसँग भएको र सकेको बाँडेको बताएकी उनले बिना कारण मानसिक पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई नभएको बताइन् ।
‘यत्रोवर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई अभिनय पस्किएँ । कुनै चलचित्र चले कुनै चलेनन् । तर तल्लोस्तरको टिप्पणी कहिल्यै भोग्नु परेन’ उनले भनिन् ‘ राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । जीवनभर पुग्ने सबै छ मसँग ।’ आफू राजनीतिमा सबैको आवाज बन्न केही गर्न आएको बताउँदै उनले ‘के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईंहरु मलाई ?’ भन्दै प्रश्न समेत गरेकी छन् ।
‘हो एक दुई पटकसम्म सहनु ठिक छ । तर बारम्बार गर्दा अति हुन्छ’ उनले अगाडि थपेकी छन्, ‘बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जे पायो त्यही भनाइ हेर्नुपर्ने ?’ उनले राम्रो सोच्न, राम्रो बोल्न सबैलाई सुझाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण