आँचललाई बल्ल हिरोइन भएको महसुस !
अभिनेत्री आँचल शर्माको बेलाबेला चर्चा भइरहन्छ । पछिल्लो समय भने उनी अभिव्यक्तिको कारण चर्चा छाएकी छिन् । जुन उनले फिल्म ‘वर एण्ड बधु’को कार्यक्रममा दिएकी थिइन् ।
मिलन चाम्सको निर्देशन रहने फिल्मको बुधबार औपचारिक निर्माण घोषणाका लागि एक कार्यक्रम आयोजना भएको थियो । कार्यक्रम आयोजना स्थलमा भव्य सजावट सहित रेड कार्पेट समेत बिच्छ्याइएको थियो । कार्यक्रमको भव्य आयोजना देखेर उनले भनिन्, ‘मैले आज बल्ल आफू हिरोइन भएको महसुस गर्दैछु ।’ उनको यो भनाई लिएर अहिले मिडियामा गसिप बनिरहेको छ ।
कार्यक्रममा उनलाई अहिलेसम्म हिरोइन हुँ भन्ने नै महशुश नभएको हो र ? प्रश्न राखिएको थियो । जवाफमा उनले थुप्रै कार्यक्रममा पुगेपनि यति भव्य कार्यक्रममा यसअगाडि सहभागी नभएको बताइन् ।
‘वर एण्ड वधु आँचलको नै मुख्य अभिनय रहने फिल्म हो । कार्यक्रममा फिल्मका लागि आफुले ५ केजी तौल समेत घटाएको बताएकी थिइन् । प्रेमकथामा निर्माण हुने फिल्ममा आँचलको अलवा साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहनेछ ।
रोमानिया, इटली, फ्रान्स र नेपालमा छायांकन हुने फिल्मको छायांकन जेठको अन्तिमबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण