गृहमन्त्रीको वडामा काँग्रेस पराजित
गृहमन्त्री बालकृष्ण खाणको वडामा नेपाली काँग्रेस पराजित भएको छ । काँग्रेसका नेतासमेत रहेका खाणको वडामा एमालेले 'क्लिन स्वीप' गरेको हो । काँग्रेस उम्मेदवारलाई पराजित गर्दै एमालेको उक्त वडामा निर्वाचित भएको छ ।
तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाण नगर प्रमुख पदका उम्मेदवार छन् । उनको समेत घर रहेको वडा नम्बर ८ मा काँग्रेस पराजित भएको हो । तिलोत्तमा नगरपालिकाको वडा नम्बर ८ मा काँग्रेस र नेकपा माओवादी केन्द्र जनमोर्चा समेतको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल १८९ मतान्तरका साथ विजयी भएका छन् ।
पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत काँग्रेसका नगर सभापति हरिलाल पाण्डेलाई ५०७ मतको अन्तरले पराजित गरी वडाध्यक्ष निर्वाचित भएका थिए । यो वडामा तीन हजार ४६८ मत खसेको थियो । वडाध्यक्षमा नेकपा एमालेका कृष्ण प्रसाद पौडेलले एक हजार ६१५ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार काँग्रेसका केशवराज अर्यालले एक हजार ४२६ मत पाए । त्यसैगरी एमालेका उम्मेदवारहरू महिला सदस्य कमला पराजुली, दलित महिला सदस्यमा सावित्रा दमाई र खुल्ला सदस्यमा कमलकान्त गौतम र खुमबहादुर खासु विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण