तिलोत्तमाको मेयरमा गृहमन्त्रीका भाइ विजयी
बिहीबार, १२ जेठ २०७९, २३ : ००
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँले पराजित गरेका हुन् । अहिले करिब ५ सय मत गणना बाँकी नै छ तर खाँण ८ सय मतले अगाडि छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । विजयको औपचारिक घोषणा हुन भने बाँकी छ । खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् । उपमेयर चौधरीले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमन्त पाण्डेलाई पराजित गरेकी हुन्। चौधरी निवर्तमान उपमेयर समेत हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण