स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।
बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र फलामको पाइपले बाटो अवरोध गरी अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधि र जनताको सहमति बेगर बन्चरे ल्यान्डफिल साइटमा फोहोर ल्याएको भन्दै लगातार अवरोध गरिरहेका छन् ।
सरकारले हरेक दिन करिब ३ सयको संख्यामा प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिरहेको छ । ‘सुरक्षाको घेराभित्र कतिदिन फोहोर व्यवस्थापन गर्ने हामीले पनि हेर्दैछौं,’ स्थानीय श्रीराम ढुंगानाले भने । उनले भने, 'तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र यही फागुन २६ गते मन्त्री परिषद्को निर्णयबाट भएका माग सम्बोधन नभएसम्म फोहोर व्यवस्थापन हुन दिँदैनौं ।'
उनका अनुसार गुठीको नाममा रहेको जग्गा रैकर गर्नुपर्ने करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने, फोहोर व्यवस्थापन गर्न प्रशोधन उद्योग स्थापना गर्नुपर्ने र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने अडान रहेको छ । स्थानीय ढुंगानालगायतको टोलीले बिहीबार शहरी विकास मन्त्रालयका सचिव रमेश सिहसँग कुराकानी गरी तत्काल जनताको माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण