फ्राइडे रिलिज : देशभर ‘कबड्डी–४’
शुक्रबारदेखि फिल्म ‘कबड्डी–४ : द फाइनल म्याच’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटरमा समेत राम्रो शो पाएको छ ।
प्रदर्शनको अघिल्लो दिन बिहीवार फिल्मको कमलपोखरी स्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो ।
प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । कतिपयले फिल्मलाई राम्रो बताउदा, कतिपयले कबड्डी सिक्वेलको कमजोर फिल्मको रुपमा चर्चा गरे । कतिले फिल्मको कथा सामान्य भएपछि सम्वाद दमदार भएको धारणा राखेका थिए । प्रिमियरमा फिल्मकर्मी, राजनीतिज्ञ र रंग पत्रकारको उपस्थिती थियो । अघिल्ला तीन सिरिजमा केटी भागेर बिहे गर्न नपाएका वीरकाजी (दयाहाङ राई) को विहेको गोलचक्करमै फिल्म घुमेको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरेलगायतको अभिनय छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । ‘कबड्डी -४’लाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण