रुपन्देहीको तिलोत्तमा र कोटहीमाईका प्रमुखले लिए सपथ
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामकृष्ण खाण र कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले सपथ लिएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश धनसिंह महराले खाण र त्रिपाठीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
रुपन्देहीका १६ स्थानीय तहमध्ये सवैभन्दा अन्तिममा तिलोत्तमा र कोटहीमाईमा मतपरिमाण आएको हो । तिलोत्तमामा नेपाली काँग्रेसका खाणले नेकपा एमालेका मोहन चापागाईलाई पराजित गर्दै प्रमुखमा विजयी भएका हुन् । कोटहीमाई लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार बालकृष्ण त्रिपाठी नेपाल जनता पार्टीका अशोक कुमार कलवारलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
दुवै जनालाई सपथग्रहण गराउँदै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जनताको चाहना अनुसार काम गर्ने अठोट लिएर आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउन आग्रह गरे । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन अधिकृत, राजनीतिक दल, सञ्चारकर्मीको सहयोगले रुपन्देहीमा शान्तिपूर्ण तरिकाले भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण