जातीय विभेदविरुद्धको फिल्ममा ‘द बास्केट’ उत्कृष्ट
जातीय विभेद विरुद्धको फिल्ममा ‘द बास्केट’ उत्कृष्ट भएको छ । नेपाल चलचित्र निर्देशक समाजद्वारा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँगको सहकार्यमा घोषणा भएको लघु चलचित्र प्रतियोगितामा ‘द बास्केट’ उत्कृष्ट भएको हो । फिल्मले २ लाख नगदसहित उत्कृष्ट पुरस्कार पाएको छ । चलचित्र विकास बोर्डमा हालै आयोजित एक कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो ।
दर्शकले पनि मत दिनेगरी आयोजित प्रतियोगितामा ५६ फिल्ममध्ये २० फिल्मलाई आयोजकले सामाजिक सञ्जालमा उपलब्ध गराएको थियो । यसरी दर्शकको ५० प्रतिशत अंक भार र जुरीको ५० अंक भार जोडी चार विजेता छनोट गरिएको हो । जुरीले सर्ट लिस्ट गरेका २० फिल्मबाट सुरेन्द्र प्रजापतिको ‘शून्य’ दोस्रो, राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ तेस्रो र शर्मा क्रिएसनको ‘अछोप’ले सान्त्वना पुरस्कार पाएको छ ।
अवार्डमा विजेता ४ फिल्मसँगै निर्णायकले छानेका १६ फिल्मका सहभागीलाई सहभागिताको प्रमाणपत्र पनि वितरण गरिएको थियो । निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए ।
कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह सचिव फणीन्द्र गौतम, वरिष्ठ निर्माता÷निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले समितिलाई प्राप्त ५६ फिल्मबाट २० फिल्म छानेका थिए ।
प्रतियोगितामा दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार रूपैँया प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण