फष्टलुकमा यस्तो देखियो फिल्म ‘काँडेतार’
फिल्म ‘काँडेतार’ को फष्टलुक सार्वजनिक भएको छ । गणतन्त्र दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको एकपोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।
फष्टलुक पोष्टरमा अभिनेता नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्कीलगायत कलाकार हातमा काँडेतार लिएको अवस्थामा देखिएका छन् । फिल्म नवल खड्काले नै निर्देशन गरेका हुन् ।
फिल्ममा नवल, गौरव, रेविका, सुरविनाको अलवा मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ ।
नवल, माकिको राई र अञ्जु केसीकाे निर्माण रहेको फिल्ममा शिवम अधिकारी र नवल खड्काकै लेखन छ । सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य, मणि थापा, दीपक शर्माको संगीत रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् ।
फिल्म सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो । नवलले यस अगाडि राष्ट्रियताको बिषयमा दशगजा, भीमदत्त लगायतका फिल्म बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण