कफी पिउने मानिस अकालमा मर्ने जोखिम कम हुनसक्छ : अध्ययन
कफी पिउने मानिस अकालमा मृत्यु सम्भावना न्युन हुने एक नयाँ अध्ययनले देखाएको छ । अध्ययनमा चिनी हालिएको कफी र चिनीबिनाको कफी दुवै प्रयोग गरिएको थियो ।
तथापि विज्ञले कफी पिएरै मात्र अकाल मृत्युको सम्भावना घट्ने कुराप्रति विश्वस्त भएर नबस्न सचेत गराएका छन् । विगतका अध्ययनले पनि कफी फाईदाजनक हुने देखाएका छन् । कफीले दीर्घ कलेजो रोग, केही क्यान्सर र डिमेन्सिया(बुढ्यौलीमा लाग्ने बिर्सने रोग)को सम्भावना कम गरेको पाइएको छ ।
पछिल्लो समय चीनका अनुसन्धानदाताले गरेको एक अध्ययनले हरेक दिन ठिक्क कफी पिउने व्यक्तिको अकाल मृत्युको जोखिम घट्ने देखाएको छ । ‘अनल्ज अफ इन्टरनल मेडिसिन’मा प्रकाशित अध्ययनका लागि युके बायो–बैंकका १,७१,००० सहभागीहरुको तथ्याकं सकलन गरिएको थियो ।
युके बायोबैंकले सन् २००६ यता झण्डै ५ लाखभन्दा बढि मानिसको जिन, जीवनशैली र स्वास्थ्य सूचना संकलन गरिरहेको छ, जसमा व्यक्तिको कफी पिउने बानीसमेत टिपिएको छ ।
अनुसन्धानले टिमले सन् २००९ देखि सात वर्षसम्म सहभागीलाई पछ्याएको थियो । यस अवधिमा ३,१७७ व्यक्ति मरे । उमेर, लिंग, नश्ल, शैक्षिक स्तर, चुरोट खाने बानी, भौतिक क्रियाकलाप, बडी मास इन्डेक्स र खानपान आदि सबै पक्षलाई ख्याल गर्दा अनुसन्धान समूहले कफी नपिउनेको तुलनामा कफी पिउने मनिसहरुको मृत्युको जोखिम घटेको पाइयो ।
कफी खानेहरुमध्ये पनि दैनिक २.५ देखि ४.५ कप कफी खानेको अकाल मृत्युको जोखिम सबैभन्दा धेरै घटेको पाइयो । दैनिक १.५ देखि ३.५ कप चिनी हालिएको कफी खानेको मृत्युको जोखिम पनि त्यही स्तरमा घटेको अध्येताले बताए ।
कफीमा कृत्रिम गुलियो हाल्नेहरुमा भने यो प्रवृत्ति स्पष्ट भएन । अध्ययनमा सहभागीको कफी प्रयोग तथा अन्य बानीबारे एक पटक मात्र प्रश्न गरेको थियो । र अध्ययताहरु सहभागीले दिएको जवाफमा मात्र भर परेका थिए । चिनी खानेले एक चम्चामात्र प्रयोग गर्ने भनेकाले धेरै चिनी प्रयोग गर्नेहरुलाई के हुने भनेर स्पष्ट छैन ।
युनिर्भसिटी अफ ग्लासगोका पाचनक्रिया चिकित्साका प्राध्यापक नविद सत्तर भने यो अध्ययनको निष्कर्षबाट विश्वस्त छैनन् । ‘यो अध्ययन सामान्य अवलोकनका आधार मात्र गरिएकाले यसको निष्कर्ष त्यति सटिक मान्न सकिदैन । कफी प्राय धनी मानिसले पिउछन्, जसको स्वास्थ्य यसै पनि राम्रो हुने गर्छ । अवलोकनका क्रममा यो पक्ष ख्याल गरिएको जस्तो लाग्दैन ,’ प्रो. सत्तरले भने । उनका अनुसार जिनको अध्ययनले कफी सेवनको स्वस्थ्य फाइदा खुलेको छैन । ।
‘चिया, कफी जे खाए पनि हिँडडुल गर्नुपर्छ । राम्रो खानपान र निन्द्रामा ध्यान दिनुपर्छ ,’ अध्ययन प्रकाशित जर्नलकी सह–सम्पादक डा. क्रिश्टिना वीले सम्पादकीयमा लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर
-
६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प
-
दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी
-
ठगीको अभियोगमा एक जना पक्राउ
-
नेपालमै सहजै रासायनिक मल उत्पादन सम्भव छ
-
किएभमा रूसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ३० पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण