दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी
सारांश
- सडक पेटीमा स्वरोजगार गर्दै आएका दृष्टिविहीनहरूले १२ औँ दिन पनि माइतीघर मण्डलामा भेला भएर आफ्ना माग सम्बोधन गराउन दबाब दिने उद्देश्यले प्रदर्शन गरेका छन्।
- सरकारले सडक पेटीमा व्यवसाय गर्न नदिएको गुनासो गर्दै दृष्टिविहीनहरूले सम्मानजनक व्यवस्थापनको माग गरेका छन्।
- रोजगारीको अवसर वा हालको स्वरोजगारलाई निरन्तरता दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्नुपर्ने माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरूले दिएका छन्।
काठमाडौँ । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले आफ्नो आन्दोलनलाई १२ औँ दिन पनि निरन्तरता दिएका छन्।
आफ्ना मागहरू सम्बोधन गराउन दबाब दिने उद्देश्यले उनीहरूले शुक्रबार माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरे।
दृष्टिविहीनहरूको माग सम्बोधन नभएका कारण विगत १२ दिनदेखि उनीहरू निरन्तर माइतीघरमा आन्दोलनरत छन्। सडक पेटीमा व्यापार व्यवसाय र सडक सङ्गीत प्रस्तुत गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूलाई पछिल्लो समय सरकारले व्यवसाय गर्न नदिएको गुनासो छ। सरकारले दृष्टिविहीनहरूको सम्मानजनक रूपमा व्यवस्थापन गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।
आन्दोलनकारीहरूले योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्। यदि रोजगारी दिन सम्भव नभए अहिलेसम्म गर्दै आएको स्वरोजगार तथा सडक सङ्गीतजस्ता पेसालाई निर्बाध रूपमा सञ्चालन गर्न दिनुपर्ने उनीहरूको अडान छ।
यसका साथै सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्। माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पीएनओलाई नागरिकता होइन, पुर्ख्यौली नेपालको पहिचान चाहिन्छ'
-
‘जेलर २’ आगामी १५ अक्टोबरमा रिलिज हुने
-
संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ : उपेन्द्र यादव
-
निर्मलाको न्याय : ८ वर्ष, ९ समिति, नतिजा शून्य !
-
कालापानी–लिपुलेक–लिम्पियाधुरा यात्रामा निस्किए जेनजी अभियन्ता
-
रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण