६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प
सारांश
- प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले ६ महिनादेखि महँगी भत्ता नपाएपछि पेन डाउन गरी कामकाज ठप्प पारेका छन् ।
- कर्मचारीहरूले माघ महिनादेखि सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता उपलब्ध नगराइएको भन्दै व्यवस्थापनसमक्ष माग राख्दै आएका छन् ।
- भत्ता पाउने ठोस सुनिश्चितता नभएसम्म आन्दोलन र कामकाज बहिष्कारको कार्यक्रम जारी रहने कर्मचारीहरूको चेतावनी छ ।
काठमाडौँ । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन् । सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् ।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । बोर्ड सदस्यहरूको कार्यकाल समाप्त भई बोर्ड रिक्त रहेको अवस्थामा कर्मचारीहरूको जायज मागलाई बेवास्ता गरिएको उनको गुनासो छ । कर्मचारीहरूले बिहीबारबाट काउन्सिलको कामकाज रोकेर धर्ना दिइरहेका छन् ।
भत्ता पाउने ठोस सुनिश्चितता नभएसम्म आन्दोलन र कामकाज बहिष्कारको कार्यक्रम निरन्तर जारी रहने सूचना अधिकारी बोहराको चेतावनी छ ।
सूचना अधिकारी बोहराले भने- ‘काउन्सिल सचिवालयका स्थायी कर्मचारीहरूले माघ महिनादेखि सरकारको अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता हालसम्म पनि पाएका छैनौँ । यस विषयमा हामीले पटक पटक व्यवस्थापनसँग अनुरोध गर्दै आएका छौँ । बोर्ड रहेको अवस्थादेखि नै हामीले महँगी भत्ता रोकिएको विषय उठाउँदै आएका थियौँ । तर हाल बोर्डसमेत नभएको अवस्था छ र हाम्रो माग अझै सम्बोधन भएको छैन । यसै कारण आज सबै स्थायी कर्मचारी साथीहरू दबाब सिर्जना गर्ने उद्देश्यले हिजोदेखि काउन्सिल सचिवालयको बाहिरी प्राङ्गणमा बसेका छौँ । यो हाम्रो शान्तिपूर्ण दबाबमूलक कार्यक्रम हो, कुनै उग्र आन्दोलन होइन ।’
उनले थप भने, ‘असार महिनाको अन्तिमतिर आइपुगेका छौँ । आज असार १९ गते भइसक्यो । ६ महिनादेखि पाउनुपर्ने महँगी भत्ता नपाएको कारण हामीले व्यवस्थापनसँग उक्त भत्ता उपलब्ध गराउन आग्रह गर्दै दबाब सिर्जना गरिरहेका छौँ । हिजोदेखि हामी पेन डाउन गरेर काम रोकेका छौँ । हाल हाम्रो सम्पूर्ण काम ठप्प छ । आज पनि हामी कुनै काम गर्दैनौँ । जबसम्म महँगी भत्ता उपलब्ध गराइने स्पष्ट आश्वासन प्राप्त हुँदैन, तबसम्म हामी यहीँ निरन्तर बसिरहनेछौँ ।’
सूचना अधिकारी बोहराले विरोध कार्यक्रम अधिकार प्राप्तिका लागि गरिएको मर्यादित दबाबमूलक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा ४० जनाको मृत्यु
-
पहाड छिचोलेर हातैले बनाइएको विश्वकै जोखिमपूर्ण सडक
-
म्याराडोनाको विगतको ‘भविष्यवाणी’ २०२६ को विश्वकपमा भाइरल
-
सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई
-
नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
-
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण