शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

शुक्रबार, १९ असार २०८३, १२ : ५१
शुक्रबार, १९ असार २०८३

सारांश

  • कांग्रेस नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रियताको संरक्षणका लागि कांग्रेसभित्र पूर्ण एकताको विकल्प नरहेको बताएका छन्।
  • उनले पार्टीभित्र बढ्दो गुटबन्दी र आन्तरिक विवादप्रति चिन्ता व्यक्त गर्दै संवाद, सहमति र आपसी विश्वासको वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
  • महरले इतिहासबाट शिक्षा लिएर पार्टीलाई एकताबद्ध बनाउनु सबैको साझा दायित्व भएको र कांग्रेस एकताबद्ध भए लोकतन्त्र, राष्ट्र बलियो हुने बताएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रियताको संरक्षणका लागि नेपाली कांग्रेसभित्र पूर्ण एकता कायम गर्नुको विकल्प नरहेको बताएका छन्।

कांग्रेसका भातृसंस्था नेताहरु संग वानेश्वरमा भएक बिशेष छलफल कनर्यक्रममा नेता महरले नेपाली कांग्रेसभित्र बढ्दो गुटबन्दी र आन्तरिक विवादप्रति चिन्ता व्यक्त गर्दै पार्टीभित्र संवाद, सहमति र आपसी विश्वासको वातावरण निर्माण गर्न सबै पक्षलाई आग्रह गरेका हुन्।

महरले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै भने 'जब–जब नेपाली कांग्रेस कमजोर वा विभाजित भएको छ, त्यसको असर केवल पार्टीमा सीमित नरही लोकतान्त्रिक व्यवस्थामै परेको इतिहास छ। कांग्रेस विभाजनपछि निरंकुश शक्तिहरू बलियो बनेका उदाहरणहरू हाम्रो सामु छन्। त्यसैले इतिहासबाट शिक्षा लिएर आज पार्टीलाई एकताबद्ध बनाउनु सबैको साझा दायित्व हो।'

उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र जनउत्तरदायित्वका विषयमा व्यापक बहस भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा नेपाली कांग्रेस अझ जिम्मेवार, सशक्त र एकताबद्ध भएर प्रस्तुत हुनुपर्ने धारणा राखे।

'व्यक्तिगत महत्वाकांक्षा र गुटगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतन्त्र र जनताको भविष्यलाई केन्द्रमा राख्नुपर्छ। नेपाली कांग्रेस एकताबद्ध भए लोकतन्त्र बलियो हुन्छ, राष्ट्र बलियो हुन्छ र जनतामा आशा जाग्छ,'महरले भने।

नेता महरले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आपसी मतभेद संवादमार्फत समाधान गर्दै एकताको पक्षमा उभिन आग्रह गरेका छन्। आज लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र राष्ट्रिय हितका लागि नेपाली कांग्रेसभित्र पूर्ण समझदारी र एकता कायम गर्नुको विकल्प छैन,उनले जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?