शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

व्यास नगरपालिकामा घरधनीदेखि डेरावालासम्मका सुन र नगद चोरी

शुक्रबार, १९ असार २०८३, १२ : २२
शुक्रबार, १९ असार २०८३

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ पाखर टोलमा बिहीबार दिउँसो एकै क्षेत्रमा ठूलो मात्रामा सुनका गरगहना र नगद चोरी भएको छ। 

पाखर टोल बस्ने ८२ वर्षीय देवनिधि पन्तको घर र सोही क्षेत्रमा रहेको अर्को एक घरका विभिन्न कोठाहरूबाट सुन तथा नगद चोरी भएको हो।

पन्तको आफ्नै घरबाट ६ तोला सुनका गरगहना र २ लाख ५० हजार रुपैयाँ नगद चोरी भएको छ। सोही घरमा डेरा गरी बस्ने २५ वर्षीया सबिना खड्काको कोठाबाट डेढ तोला बराबरको सुनको गहना गायब पारिएको छ। यस्तै, पन्तकै घरमा डेरा बस्ने स्याङ्जाकी ४३ वर्षीया पार्बती अर्याल लामिछानेको कोठाबाट पनि डेढ तोला सुनका गरगहना र नगद २० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

चोरीको घटना त्यतिमा मात्र सीमित रहेन। सोही ठाउँ बस्ने रेशम भुजेलको घरमा डेरा गरी बस्ने २५ वर्षीया कृति गुरूङको कोठाबाट पनि २० लाल बराबरको सुनको गहना चोरी भएको छ। 

घटनालगत्तै परिचालन भएको प्रहरीले चोरीमा संलग्न भई हाल फरार रहेका व्यक्तिहरूको खोजी कार्य तीव्र बनाएको छ। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?