शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

कर्णालीको मिटर अभाव र सुर्खेतको लो–भोल्टेज समस्या समाधान हुँदै, ७ दिनभित्र थप ३ हजार मिटर पुग्ने

शुक्रबार, १९ असार २०८३, १२ : २४
शुक्रबार, १९ असार २०८३

सारांश

  • ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशमा विद्युत् मिटरको अभाव र सुर्खेतको लो–भोल्टेज समस्या समाधान हुने बताएका छन् ।
  • कर्णाली प्रदेशमा माग गरिएका ५ हजार मिटरमध्ये २ हजार जडान भइसकेको छ भने बाँकी ३ हजार ७ दिनभित्र पुग्नेछ ।
  • सुर्खेतमा विद्युतको न्यून भोल्टेज समस्या समाधानका लागि प्रणाली स्तरोन्नति गरिने र यसका लागि बजेट विनियोजनको तयारी भइरहेको छ ।

काठमाडौँ । कर्णाली प्रदेशमा लामो समयदेखि देखिएको विद्युत् मिटरको अभाव र सुर्खेतको लो–भोल्टेज समस्या अब समाधान हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सुर्खेत वितरण केन्द्रको स्थलगत निरीक्षण र वस्तुस्थितिको जानकारी दिँदै यस्तो बताएका हुन् । 

मन्त्री श्रेष्ठका अनुसार कर्णाली प्रदेशमा माग भइरहेको ५ हजार थान मिटरमध्ये २ हजार थान आपूर्ति भई तत्काल जडान प्रक्रिया अघि बढिसकेको छ । बाँकी ३ हजार थान मिटर आगामी ७ दिनभित्र उपलब्ध गराउने सुनिश्चितता गरिएको छ ।

सुर्खेत क्षेत्रमा विद्युतको न्यून भोल्टेजका कारण उपभोक्ताले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न प्रणाली स्तरोन्नति (अपग्रेड) गरिने ऊर्जा मन्त्री श्रेष्ठले बताए । उनले यसका लागि आवश्यक बजेट विनियोजन गर्ने तयारी भइरहेको र आगामी केही महिनाभित्रै लो–भोल्टेजको समस्या पूर्ण रूपमा समाधान हुने मन्त्री श्रेष्ठले बताए । 

ऊर्जा मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणले देशभरका सातै प्रदेशमा ५० हजार थान नयाँ विद्युत् मिटर पठाइसकेको छ । सोही मौज्दातबाट कर्णालीको मागलाई प्राथमिकतामा राखिएको हो।

मिटर वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सहज बनाउन प्रदेशस्तरमै आवश्यक परिमाणमा मिटर पठाइसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?