चिकित्सा शिक्षामा शुल्क वृद्धि
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको छ।
आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेका अनुसार आगामी शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुल्कमा यो रकम वृद्धि गरिएको हो। उनले भने, “चार वर्षदेखि शुल्क वृद्धि भएको थिएन। अरू सबै कुराको मूल्य वृद्धि भइरहेका बेला अध्ययन शुल्कमा वृद्धि गर्नुपर्ने चौतर्फी दबाब थियो तर आयोगले अरू कुराको मूल्य वृद्धिको यथार्थ स्थितिभन्दा निकै कम प्रतिशत मात्र शुल्क वृद्धि गरेको छ।” विश्वविद्यालय तथा कलेजले कम्तीमा १० प्रतिशत शुल्क वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए तर आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुद्रास्फीतिका आधारमा मात्र ३.६ प्रतिशत शुल्क वृद्धिका लागि सहमति दिएका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण