यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका प्रहरी हवल्दारको मृत्यु
यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । मुगुको कार्मारोङ गाउँपालिका–२ ठुलीकोशी रिमार भन्ने ठाउँमा यार्सा संकलकहरुको सुरक्षार्थ खटिएको प्रहरी टोलीका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि उनीसँगै खटिएका प्रहरीले उनलाई सीमा प्रहरी चौकी मुगुमा ल्याएका थिए । उनको थप उपचारको लागि कोहलपुर रिफर गरिएको थियो । उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा बुधबार दिउँसो दुई बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी साविक दैलेख हाल कोहलपुर नगरपालिका– ११ बाँके घर भई २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए । २०७७ सालदेखि जिल्ला प्रहरी कार्यालय मुगु र सो अन्तर्गतका कार्यालयहरूमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण