सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कार्यपालिका चुनाव : वीरेन्द्रनगरमा एमाले र पञ्चपुरीमा काँग्रेस विजयी

बुधबार, १८ जेठ २०७९, १९ : ४३
बुधबार, १८ जेठ २०७९

बुधबार भएको कार्यपालिकाको चुनावमा वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले र पञ्चपुरी नगरपालिकामा नेपाली काँग्रेसको टीम निर्वाचित भएको छ ।  वीरेन्द्रनगरमा एमालेबाट पाँचै जना सदस्य निर्वाचित भएका हुन् ।

उनीहरुले समान ५४ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेदवारले २८ मत प्राप्त गरे । महिला सदस्यमा टीका गुरुङ, तृप्ती बिक, यमुना नेपाली, सरिता चौधरी र लक्ष्मी चौधरी निर्वाचित भएका छन् । यमुना यसअघि पनि कार्यपालिका सदस्य थिइन् । दलित तथा अल्पसंख्यकबाट एमालेबाट गंगाराम सुनार, रचना वाठा र नवराज गुरुङ निर्वाचित भएका छन् ।

उता पञ्चपुरीमा पनि आठ जना काँग्रेसबाट निर्वाचित भएका छन् । ३ जना खुल्ला सदस्य र ५ जना निर्वाचित महिला सदस्यहरु निर्वाचित भएका हुन् । खुला सदस्यमा काँग्रेसका गोर्ख कामी, देवेन्द्र राजी, भगे कामी, महिला सदस्यमा अनिता बिक, कमला सुवेदी, कोपिला नेपाली, चन्द्रा ओले र भावना रावल निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप