नेपाल बिस्कुट उत्पादक संघद्वारा बजेटको स्वागत
नेपाल बिस्कुट उत्पादक संघले आगामी आर्थिक वर्षको लागि प्रस्तुत बजेट स्वागत योग्य रहेको बताएको छ । बिस्कुट जस्तो स्वदेशी उद्योगको उत्थानको लागि नेपाल सरकारले गरेको सकारात्मक निर्णयले देशभरिका बिस्कुट उद्योगीहरू आशावादी रहेको महसुस गर्दै संघले नेपाल सरकार प्रति धन्यवाद व्यक्त गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, 'बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल, पामोलिन लगायतका कच्चा पदार्थ नेपालमा उत्पादन नहुने हुँदा बिदेशबाट नै आयात गर्नु पर्ने बाध्यता छ । उद्योग विभागको सिफारिसमा बिस्कुट उद्योगले पाम आयल, पामोलिन लगायतका कच्चा पदार्थ नेपालमा आयात गर्दा ५ प्रतिशत भन्सार महसुल र विदेशबाट बिस्कुट आयात गर्दा अन्त शुल्क १५ प्रतिशत लाग्ने प्रावधान कायम गरी दिएकोमा नेपाल सरकारले बिस्कुट लगायतका स्वदेशी उद्योगको संरक्षण गर्नु पर्छ भनी सकारात्मक सन्देश दिन खोजेको देखिन्छ ।'
स्वदेशी उद्योगको यथार्थ समस्या बुझेर सरकारले यस्ता सकारात्मक सहयोग गरी दिने हो भने भोलिका दिनमा बन्द भएका उद्योगहरू चल्ने मात्र नभई नयाँ उद्योग खोल्न समेत प्रोत्साहन मिल्न गई देशको राजश्व सङ्कलनमा उल्लेखनीय सहयोग पुग्ने सङ्घको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण