जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे - क्याप्टेन यो के गरिरहेको ?
नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन् -
राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौंबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर, पेनाङको उडान भर्ने क्रममा राजा वीरेन्द्र ककपिटमा छिर्नुभयो । राजा वीरेन्द्रसँग त्यति बेला ककपिटमा भएको कुराकानीले सामान्य रहेन । त्यो एक क्षणको कुराकानीले मेरो व्यावसायिक जीवनमा ठूलै हलचल ल्यायो, जुन म कहिल्यै पनि भुल्न सक्दिनँ ।
फुकुवाबाट मनिलासम्मको उडान भर्ने क्रममा राजा वीरेन्द्र अचानक ककपिटमा छिर्नुभयो । त्यति बेला म डोप्लर नेभिगेसन प्रणाली प्रयोग गरिरहेको थिएँ । उहाँले मलाई ‘क्याप्टेन यो के गरिरहेको’ भनेर सोध्नुभयो । मैले उहाँलाई डोप्लर नेभिगेसनको बारेमा बताउँदै भनेँ । त्यति सुनेपछि उहाँले मलाई सोध्नुभयो– ‘तिमीले एअरो म्याग्नेटिक सर्भे गर्न सक्छौं ?’ म पनि के कम ? झट्टै भनिहालें, सक्छु सरकार । त्यसपछि राजा वीरेन्द्रले भन्नुभयो– ‘म तिमीले यो सर्भे गरेको हेर्न चाहन्छु क्याप्टेन ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण