अर्बौं रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिँदै
स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ।
‘नेपालमा खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन गरी एक खर्बको मात्र रहेकोले वैधानिक आपूर्ति ५ खर्ब न्यूनीकरण भएको देखिन्छ,' संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘भारतसँगको खुला सिमानाले गर्दा सीमावर्ती बजारमा नेपाली उपभोक्ताको सहज पहुँचले ठूलो परिमाणमा कपडा आउने गरेको छ भने चोरी पैठारी तथा न्यून बिजकीकरणका कारण पाँच खर्वको कपडा आयातको कुनै हिसाब नै छैन।’ संघका अनुसार मुलुकभित्र सञ्चालित उद्योगबाट उत्पादित र भन्सार नाकाबाट आधिकारिक रूपमा आयात भएको कपडाको हिस्सा १५ प्रतिशत रहेको छ भने बाँकी ८५ प्रतिशत कपडा सीमावर्ती भारतीय बजारबाट अनधिकृत रूपमा भित्रिरहेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण