यानबहादुरको योजनावद्ध हत्या भएको तरुण दलको आशंका, सरकारसँग राख्यो यस्तो माग
शनिबार, २१ जेठ २०७९, ०९ : ३६
नेपाल तरुण दलले दोलखाको गौरीशंकर गाउँपालिका–३ सर्सेपुमा मृत फेला परेका यानबहादुर बस्नेत प्रकरणको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेको छ । नेपाल तरुण दलको वडा समिति सचिवसमेत रहेका बस्नेत जेठ १० गते गौरीशंकर गाउँपालिकाको गौराबारी भन्ने स्थानमा मृत फेला परेका थिए ।
तरुण दलले यो जघन्य अपराधिक घटना कुनै अपराधिक गिरोहले राजनीतिक प्रतिशोध राखी योजनावद्ध ढंगबाट गराएको हुन सक्ने आशंका पनि गरेको छ । घटनाको छिटो भन्दा छिटो गहिरो अनुसन्धान गरी वास्तविकता पत्ता लगाई अपराधीलाई हदैसम्मको कानूनी कारबाही गर्न र आश्रित परिवारलाई उचित क्षतिपूर्ति व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
घटनाबाट नेपाल तरुण दलले एक जना होनहार लोकतन्त्रको पहरेदार तरुण नेता गुमाएको अध्यक्ष विद्वान गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण