सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

यानबहादुरको योजनावद्ध हत्या भएको तरुण दलको आशंका, सरकारसँग राख्यो यस्तो माग

शनिबार, २१ जेठ २०७९, ०९ : ३६
शनिबार, २१ जेठ २०७९

नेपाल तरुण दलले दोलखाको गौरीशंकर गाउँपालिका–३ सर्सेपुमा मृत फेला परेका यानबहादुर बस्नेत प्रकरणको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेको छ । नेपाल तरुण दलको वडा समिति सचिवसमेत रहेका बस्नेत जेठ १० गते  गौरीशंकर गाउँपालिकाको गौराबारी भन्ने स्थानमा  मृत फेला परेका थिए । 

तरुण दलले यो जघन्य अपराधिक घटना कुनै अपराधिक गिरोहले राजनीतिक प्रतिशोध राखी योजनावद्ध ढंगबाट गराएको हुन सक्ने आशंका पनि गरेको छ ।  घटनाको छिटो भन्दा छिटो गहिरो अनुसन्धान गरी वास्तविकता पत्ता लगाई अपराधीलाई हदैसम्मको कानूनी कारबाही गर्न र आश्रित परिवारलाई उचित क्षतिपूर्ति व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । 

घटनाबाट नेपाल तरुण दलले एक जना होनहार लोकतन्त्रको पहरेदार तरुण नेता गुमाएको अध्यक्ष विद्वान गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप