जसपासँग गठबन्धन बनाउनेबारे लोसपाले के गर्ला निर्णय ?
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा आज दिउँसो १ बजेदेखि बैठक बस्ने पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए । स्थानीय चुनावको चुनावको समीक्षा र अगामी निर्वाचनको एजेण्डामा छलफल हुने गरी बैठक बस्न लागेको उनले बताए ।
लोसपाले मधेश प्रदेशमा मात्र १६ वटा पालिका जितेको छ । लोसपाले गरेको अपेक्षाभन्दा यो सङ्ख्या कम हो । लोसपाले कम्तीमा ३० देखि ४० वटा पालिका जित्ने अपेक्षा गरेको थियो । पार्टीले अन्य प्रदेशमा कुनै पालिका जितेको छैन । चुनावमा कहाँ गडबड भयो लगायतका विषयमा समीक्षा गर्दै अगामी संघ तथा प्रदेशको चुनावमा कसरी जाने लगायतका विषयमा पनि लोसपाले छलफल गर्नेछ ।
जसपा र लोसपाको बीचमा गठबन्धन वा एकता गर्ने विषय पनि चर्चामा आएको छ । तर नेता शुक्ला भन्छन्, ‘एकता वा गठबन्धनको विषय बाहिर हल्ला मात्र हो । पार्टीभित्र यो छलफलको विषय नै बनेको छैन, त्यसैले बैठकमा यो एजेण्डामा छलफल हुनेछैन । यद्यपि कसैले यो विषय उठाए पार्टीको शीर्ष तहबाट त्यसका बारेमा जवाफ दिने वा स्पष्ट पार्ने काम हुनसक्छ । नत्र त्यसको विषयमा कुनै छलफल हुनेछैन ।’
गत भदौमा लोसपा गठन भएपछि कार्यकारिणी समितिको यो तेस्रो बैठक हो । लोसपाले अहिलेसम्म केन्द्रीय समिति गठन गरेको छैन । कार्यकारिणी समिति पनि विस्तार भएको छैन । पार्टीमा कसैलाई कुनै जिम्मेवारी पनि दिएको छैन । जिल्ला तथा प्रदेशमा तदर्थ समितिहरू गठन भएपनि त्यसले अझै पूर्णता पाएको छैन । भातृ संगठन पनि बनेको छैन । संघीय संसदीय दलको नेता पनि चयन भएको छैन । जिल्लाहरूमा पार्टी समायोजनको काम पनि बाँकी रहेको छ । यी विषयहरुमा पनि छलफल हुने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
