भुसालको बचाउमा रावल : उल्टो बाटो हिँड्दा पराजय हुनसक्छ !
नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् ।
नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको पनि बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘यसका लागि आगामी चुनाउ जित्नु पर्छ । कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ ।’
यसअघि योगेश भट्टराईले पनि भुसाललाई कारवाहीका लागि अनुशासन आयोगले गरेको कारबाहीलाई आवेश र उत्तेजनाको प्रतिक्रिया भनेका थिए । ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन । फेरि पनि बादे बादे जायते तत्त्व बोध !’ सचिव भट्टराईले लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने