शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुबईका ६ सर्वाधिक धनाढ्य गृहिणी, यति छ सम्पत्ति

सोमबार, २३ जेठ २०७९, १५ : २०
सोमबार, २३ जेठ २०७९

‘द रियल हाउसवाइभ्स’ एक अमेरिकी रियालिटी टेलिभिजन सिरिज हो । यो फ्रेन्चाइजीको सुरुवात ‘द रियल हाउसवाइभ्स अफ अरेन्ज काउन्टी’ सँगै सुरु भएको थियो जसको पहिलो प्रिमियर २१ मार्च, २००६ मा क्यालिफोर्नियामा भएको थियो । भ्यान्कुवर, मेलबर्न, चेशायर, अकल्याण्ड, सिड्नी, जोहन्सबर्ग, हंगेरी, एथेन्सपछि यो फ्रेन्चाइजीको सिरिज दुबईमा पनि सुरु भयो । रियल हाउसवाइभ्स फ्रेन्चाइजीको पहिलो सिरिजमा युएईको दुबई शहरमा बस्ने थुप्रै महिलाको नीजि र व्यावसायिक जीवनमाथि केन्द्रीत गरेको छ ।

दुबईको द रियल हाउसवाइभ्स २०२२ को प्रिमियर १ जून २०२२ मा भयो । यसमा दुबईको ६ सबैभन्दा धनी महिलाको नाम घोषणा भएको छ । कूल सम्पत्तिको आधारमा दुबईका ६ सर्वाधिक धनी महिला को हुन्, यसबारे जानकारी लिऔँ ।

१. क्यारोलिन स्टेनबरी

साउथ चाइना मर्निङ पोस्टका अनुसार लेडिज अफ लण्डन (२०१४) शोमा अभिनय गर्ने तथा लण्डनमा जन्मिएकी क्यारोलिन स्टेनबरी दुबईकी सर्वाधिक धनी गृहिणी हुन् । उनको सम्पत्ति ३० मिलियन अमेरिकी डलर छ । क्यारोलिनका पहिलाका श्रीमान्को नाम सेम हबिब थियो । उनीसँग उनका तीन सन्तान छन् । जानकारीका अनुसार सम्बन्धविच्छेदपछि उनले पूर्व श्रीमानबाट सेटलमेन्टका लागि मोटो रकम पाएकी थिइन् ।

क्यारोलिनका वर्तमान श्रीमानको नाम सर्जियो केरालो हो जो फुटबल खेलाडी हुन् । क्योलिन अहिले ‘क्यरोलिन स्टेनबरी’ शु लाइनकी मालिक हुन् । यो संसारको सबैभन्दा लग्जरी जुत्ताको ब्रान्ड मानिन्छ ।

२. लेसा मिलान

पूर्व मिस जमैका बिजेता तथा फेसन डिजाइनर लेसा मिलान कूल सम्पत्तिको मामिलामा दोस्रो स्थानमा छिन् । उनको कू सम्पत्ति ५–९ मिलियन अमेरिकी डलर बीच छ । लेसा मिला मिना रो मेटरनिटी नामको क्लोदिङ ब्रान्डकी मालिक हुन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by LESA MILAN (@lesa.milan)

दुबई आउनु अघि मिलान जमैकाबाट मियामी गएकी थिइन् । त्यहाँ उनी ८ वर्ष बसिन् । उनले करोडपति डेभलपर रिचर्ड हलसँग विवाह गरिन् र उनका तीन सन्तन छन् । मिलानलाई घुम्न र फोटोग्राफीको अत्यधिक शौख छ ।

३. क्यारोलिन ब्रुक्स

क्यारोलिन ब्रुक्स दुबईकी तेस्रो सर्वाधिक धनी गृहिणी हुन् जसको कूल सम्पत्ति ४–६ मिलियन अमेरिकी डलर छ । कस्मोपोलिटन मिडिल इस्टका अनुसार ब्रुक्सले दुबईमा एउटा प्रोपर्टी ब्रोकरेज फर्ममा निर्देशकका रुपमा काम गरेकी छिन् ।

इन्स्टाग्रामको कुरा गर्ने हो भने उनको २.२० लाख फलोअर्स छन् र उनलाई हालै कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा देखिएको थियो । उनी ग्लास हाउस सैलुन र स्पा नामबाट सैलुन चलाउँछिन् ।

४. च्यानल अयान

सुपरमोडल च्यानल अयान रियल हाउसवाइभ्स दुबई सिरिजमा चौथो नम्बरमा छिन् । केन्यामा जन्मिएकी, सोमाली र इथियोपियाली ब्युटीका साथै उनी थुप्रै म्यागजिनको कभर पेजमा आइसकेकी छिन् । उनी एक सफल व्यवसायी हुन् जो ट्यालेन्ट एजेन्सी र सेलिब्रिटी मेकअप आर्टिस्ट टोनी माल्टसँग मेकअप र स्किनकेयर लाइनकी मालिक हुन् । उनको कूल सम्पत्ति करिब १ मिलियन डलर छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by A Y A N (@chanelayan)

५. सारा अल मदनी

सारा अल मदनीले १५ वर्षको उमेरमा आफ्नै व्यवसाय सुरु गरेकी थिइन् । उनी उत्कृष्ट वक्ता पनि हुन् जसले २ सयभन्दा बढी भाषण दिइसकेकी छिन् । उनको लिङ्क्डइन प्रोफाइलका अनुसार मदनी अहिले हलहीकी मालिक हुन् । यो एक नीजि स्टेज हो जसले चर्चित हस्तीसँग उनका प्रशंसकका लागि भिडियो शाउटआउट बनाउँछ । उनको कूल सम्पत्ति १ मिलियन डलर हो ।

६. निना अली

लेबनानमा जन्मिएकी, टेक्सासमा हुर्किएकी निना अली यो सूचीको छैटौँ स्थानमा छिन् । सन् २०११ मा उनी आफ्ना व्यापारी श्रीमान् मुनाफ अलीसँग दुबई आएकी थिइन् । उनको इन्स्टाग्राममा ५.२१ लाख फलोअर्स हुन् । उनको कूल सम्पत्ति सार्वजनिक भएको छैन ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by LipstickMommy (@nina.ali)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप