बालबालिकालाई स्वस्थ राख्न यी सुपरफुड आहारमा समावेश गर्नुहोस्
आजको बदलिँदो जीवनशैलीमा बालबालिकाको स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी छ । आजको समयमा बालबालिकालाई स्वस्थकर खानाभन्दा जङ्कफुड खान मनपर्छ । तर यस्ता जङ्कफुडले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । जसले गर्दा बालबालिकाको शारीरिक र मानसिक विकासमा प्रतिकूल असर परेको छ । जङ्कफुड वा बाहिरको खाना खाने बालबालिकाको रोग
प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । जसका कारण बालबालिकाले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । बालबालिकालाई सधैं स्वस्थ राख्न केही सुपरफुडहरू उनीहरूको आहारमा समावेश गर्नुपर्छ । यसबारे जानकारी लिऔँ ।
बच्चाहरूलाई स्वस्थ राख्ने सुपरफुड
१. केरा
केराले बालबालिकालाई स्वस्थ राख्न निकै सहयोग गर्छ । केरा बच्चाहरूको लागि सुपरफुडहरू मध्ये एक हो । केरा धेरै पौष्टिक गुणहरूले भरिपूर्ण हुन्छ, जसले बच्चाहरूलाई तत्काल ऊर्जा दिन्छ । यसका साथै केराले बच्चाको पेट र पाचन दुवै राम्रो बनाउँछ । त्यसैले बालबालिकालाई दैनिक एउटा केरा खुवाउनुपर्छ ।
२. दाल
बालबालिकालाई स्वस्थ राख्न दाल निकै फाइदाजनक मानिन्छ । दालमा कार्बोहाइड्रेट र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले यसले बालबालिकामा दिगो उर्जा कायम राख्न मद्दत गर्छ । दालको सेवनले बच्चाको स्वास्थ्य र मस्तिष्कको क्षमता बढाउन धेरै मद्दत गर्छ ।
३. दुध
बालबालिकालाई स्वस्थ राख्न दुध निकै फाइदाजनक मानिन्छ । दुधमा क्याल्सियम र भिटामिन प्रचुर मात्रामा पाइन्छ, जसले बालबालिकालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले बालबालिकाको हड्डी, नङ र दाँतलाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।
४. ड्राइ फ्रुट्स
बालबालिकालाई स्वस्थ राख्न ड्राइ फ्रुट निकै फाइदाजनक मानिन्छ । किनभने ड्राई फ्रुट्स धेरै पौष्टिक गुणले भरिपूर्ण हुन्छ । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा फाइदा पुर्याउँछ । ड्राई फ्रुट खाँदा बालबालिकालाई ऊर्जा मिल्छ र बालबालिका धेरैजसो स्वस्थ रहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण