उपसभामुख पद खारेज गर्न प्रतिनिधिसभामा उठ्यो माग
बुधबार, २५ जेठ २०७९, १२ : ३८

नेपाली काँग्रेसका सांसद डा अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे ।
‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ उनले भने । सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त गर्न माग गरेका छन् । स
यस्तै, उनले सर्लाहीको बरहथवा नगरपालिका–१ मा बागमती नदीले अत्यधिक कटान गरिएकाले यदि समयमै तटबन्ध नगरिए हजारौं नागरिक विस्थापित हुन सक्ने भन्दै उनले तटबन्ध गर्न सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म
-
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
तारकेश्वरमा ५ लाख रुपैयाँ बराबरको चोरी
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु
-
गलत मनसायले बजेट प्रक्रियामा हस्तक्षेप गर्नेहरूलाई कारबाही हुन्छ : मुख्यमन्त्री शाह