१५ वर्षीया कुमारी आमाद्वारा १६ दिने शिशुको हत्या
दाङमा १५ वर्षीया कुमारी आमा (किशोरी) ले १६ दिने शिशुको हत्या गरेकी छन् । दाङको राप्ती गाउँपालिका ३ मुसरिया गाउँकी १५ वर्षीया अञ्जना ( नाम परिवर्तन) ले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको हत्या गरेकी हुन् । अञ्जनाले बुधबार बिहान सेफ्टी ट्याङ्कीमा फालेर १६ दिने शिशुको हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले रातोपाटीलाई जानकारी दिए ।
अवैध गर्भधारणबाट जन्मिएको बच्चा (बालिका) धेरै रोएको र स्तनपान गराउँदा पनि रुन नछाडेपछि आवेशमा आई सेफ्टी ट्याङ्कीमा लगेर फालेको ती किशोरीले साविती बयान दिएको एसपी काफ्लेले बताए ।
प्रहरीले सेफ्टी ट्याङ्कीबाट शिशुको शव बरामद गरेको छ । शिशुको शव अहिले पोष्टमार्टमका लागि ल्याएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेकी किशोरीमाथि अनुसन्धान सुरु गरिएको एसपी काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राघव जुयालसँग डेटिङको हल्लामा के भन्छिन् शहनाज गिल ?
-
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान डम्पिङ साइटमा परिणत
-
आईपीओको ‘१० कित्ते’ नीति पुनरावलोकन गर्न अर्थ मन्त्रालयको सुझाव
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण