ब्लड सुगर घटाउनुका साथै रक्तअल्पताको समस्यामा अति लाभदायी हरियो धनियाँ
स्वाद बढाउनुका साथै हरियो धनियाँ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । धेरै पोषक तत्वहरूले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन मद्दत गर्दछ । हरियो धनियाँको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । यसका साथै हरियो धनियाँको पातले शरीरमा रगतको कमीलाई पूरा गर्न निकै फाइदाजनक हुन्छ । दैनिक हरियो धनियाँको सेवन गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।
हरियो धनियाँ खानुका फाइदाहरू थप जानकारी लिऔँ ।
१. मधुमेह रोगीका लागि लाभदायी
हरियो धनियाँको सेवन मधुमेह रोगीका लागि निकै फा इदाजनक मानिन्छ । हरियो धनियाँले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । साथै यसको दैनिक सेवनले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ ।
२. रक्तअल्पता हटाउन लाभदायी
रक्तअल्पता हटाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले रक्तअल्पताको समस्यालाई हटाउन मद्दत गर्छ । शरीरमा रगतको कमी पूरा गर्न हरियो धनियाँको सेवन गर्नुपर्छ ।
३. आँखाको ज्योति बढाउन लाभदायी
आँखाको ज्योति बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले आँखाको ज्योति पनि बढाउँछ ।
४. रोग प्रतिरोधी क्षमता बढाउँछ
रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन सी हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर बढ्न पनि मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण