ब्लड सुगर घटाउनुका साथै रक्तअल्पताको समस्यामा अति लाभदायी हरियो धनियाँ
स्वाद बढाउनुका साथै हरियो धनियाँ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । धेरै पोषक तत्वहरूले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन मद्दत गर्दछ । हरियो धनियाँको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । यसका साथै हरियो धनियाँको पातले शरीरमा रगतको कमीलाई पूरा गर्न निकै फाइदाजनक हुन्छ । दैनिक हरियो धनियाँको सेवन गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।
हरियो धनियाँ खानुका फाइदाहरू थप जानकारी लिऔँ ।
१. मधुमेह रोगीका लागि लाभदायी
हरियो धनियाँको सेवन मधुमेह रोगीका लागि निकै फा इदाजनक मानिन्छ । हरियो धनियाँले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । साथै यसको दैनिक सेवनले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ ।
२. रक्तअल्पता हटाउन लाभदायी
रक्तअल्पता हटाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले रक्तअल्पताको समस्यालाई हटाउन मद्दत गर्छ । शरीरमा रगतको कमी पूरा गर्न हरियो धनियाँको सेवन गर्नुपर्छ ।
३. आँखाको ज्योति बढाउन लाभदायी
आँखाको ज्योति बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले आँखाको ज्योति पनि बढाउँछ ।
४. रोग प्रतिरोधी क्षमता बढाउँछ
रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन सी हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर बढ्न पनि मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने