नीताको ‘ह्रस्व दीर्घ’मा भित्रिए तमिल अभिनेता अली
बिहीबार, २६ जेठ २०७९, ११ : ०५
अभिनेत्री नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनेता मोहम्मद अलीको पनि अभिनय रहने भएको छ । तेलेगु फिल्मका चर्चित अभिनेता अली फिल्मका लागि अनुबन्धित भएको निर्माण युनिटले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
अली तामिल र तेलुगु भाषामा निर्माण हुने फिल्मका चर्चित कलाकार हुन् । फिल्ममा केही अगाडि भारतीय अभिनेता प्रदीपराज रावत र ‘पुष्पा’ का भिलेन सुनिल बर्मा पनि अनुबन्धित भएका थिए ।
नीताले आफ्नै फिल्म प्रोडक्सन नीता फिल्मस्को तर्फबाट यो फिल्म बनाउन लागेकी हुन् । बलिउड छायांकार कबिर लालको छायांकन रहने फिल्ममा अभिनेता हरिहर अधिकारी र नीता ढुङ्गानाकै मुख्य भूमिका रहनेछ । फिल्म ‘ह्रस्व दीर्घ’ लाई चन्द्र पन्तले निर्देशन गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण