गुल्मीमा जेसिबी दुर्घटना, चालकको मृत्यु
शुक्रबार, २७ जेठ २०७९, ११ : ५७
गुल्मीमा जेसिबी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–२ , रातापानीस्थित लु १ क ४७७१ नम्बरको जेसिबी दुर्घटना हुँदा अन्दाजी ३२ वर्षीय चालक यज्ञबहादुर वलीको घटना स्थलमै मृत्यु भएको हो ।
गएराती ११ बजे सोही पालिका–३ को घुर्मीबाट लुम्छातर्फ आउँदै गरेको जेसिबी दुर्घटना भएको बनाइएपनि दुर्घटनाको कारण खुलाइएको छैन । चालक वलीको घर दाङको शान्तिनगर गाउँपालिका–१ तिलकपुर भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण