बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरल वडा अध्यक्ष रिजालको घरमा बालेनको लन्च मिटिङ

शनिबार, २८ जेठ २०७९, १३ : ३८
शनिबार, २८ जेठ २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल थालेका छन् । सोहि क्रममा शनिवार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।

कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका शाहले झन्डै दुई घन्टा बिताएका थिए । लन्च सहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । यस्तै उनले आफुले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए ।

रिजालले भने, ‘नगर प्रमुखज्युसँग छलफल भएको हो ,महानगरपालिका केन्द्रित छलफल भयो ।’ यस्तै भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए ।

महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषयमा​ बालेनलाई सम्झाउँदाको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर रिजालले भने आफु समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिकाको सञ्चालन प्रक्रियामा टेकेर काम हुनुपर्छ मात्र भनेको बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप