भाइरल वडा अध्यक्ष रिजालको घरमा बालेनको लन्च मिटिङ
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल थालेका छन् । सोहि क्रममा शनिवार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।
कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका शाहले झन्डै दुई घन्टा बिताएका थिए । लन्च सहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । यस्तै उनले आफुले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए ।
रिजालले भने, ‘नगर प्रमुखज्युसँग छलफल भएको हो ,महानगरपालिका केन्द्रित छलफल भयो ।’ यस्तै भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए ।
महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषयमा बालेनलाई सम्झाउँदाको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर रिजालले भने आफु समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिकाको सञ्चालन प्रक्रियामा टेकेर काम हुनुपर्छ मात्र भनेको बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण