बर्थडे मनाउन आएका युवाको चोरी गरेर भाग्न खोज्दा लडेर मृत्यु
भैरहवामा रहेको होटेल सी प्रिन्ट बाहिर शनिबार मृत अवस्थामा फेला परेका युवा बर्थडे मनाउन आएका थिए । सिद्धार्थनगर(३ स्थित उक्त होटेल बाहिर भुईँमा लडेको अवस्थामा भेटिएका युवा होटेलमा साथीसँग वर्थ डामे मनोरञ्जन गर्न आएका थिए । शुक्रबार साँझ होटेल आएका मृतक रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।
भैरहवा बसपार्क नजिकै रहेको होटेलमा शुक्रबार राति सात जनाको समूहमा युवा बस्न आएका थिए । तीमध्ये यादवको मृत्यु भएको हो । समूहका चार जनालाई घटना पश्चात् र घटना घटेपछि भागेका एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
पक्राउ पर्नेमा सिद्धार्थनगर १२ बैककलोनी बस्ने वर्ष १८ वर्षीय आशिष गैरे, सिद्धार्थनगर ८ बस्ने सैफ अलि, सियारी ७ बस्ने द्वय २० वर्षीय अजय यादव र २२ वर्षीय रामजी यादव रहेका छन् । ओमसतिया ४ का २० वर्षीय सुरज बानिया फरार रहेकोमा प्रहरीले दिउँसो पक्राउ गरेको छ ।
अर्का फरार ओमसतिया ४ बालापुरका जितेन्द्र सहानीको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका युवाहरिसँग सोधपुछ भइरहेको छ । मृतक यादवको पोस्टमार्टम भएर शव परिवारले बुझेको प्रहरी प्रवक्ता पौडेलले बताए ।
होटेल सञ्चालकका अनुसार शुक्रबार ७ जनाको समूह जन्मदिन मनाउने भन्दै होटेल आएका थिए । सोही समूह मध्येकै युवाहरूले बिहान अन्दाजी ३–४ बजे तिर काउन्टर तोडेर चोरी गर्न खोजेका थिए । तोडेको आवाज आएपछि उनीहरूमध्ये केही भाग्न सफल भएका र पाँच जना होटेलमै रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक जनाको तेस्रो तल्लाबाट चोरी गरेर भाग्ने क्रममा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण