शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डा. कोइराला रिसर्च इन्स्टिच्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटीको पाँचौँ साधारण सभा सम्पन्न

आइतबार, २९ जेठ २०७९, ०८ : २९
आइतबार, २९ जेठ २०७९

डा कोइराला रिसर्च इन्स्टिच्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटीको पाँचौँ साधारण सभा सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमका बीच  संस्थाको साधारणसभा सम्पन्न भएको हो । वि.सं. २०७३ सालमा स्थापित उक्त गैर नाफामूलक संस्था नेपालको जैविक विविधता संरक्षण साथै जैविक प्रविधि उपयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाका संस्थापक पोखरा निवासी  वरिष्ठ अनुसंधान  वैज्ञानिक डा. निरञ्जन कोईरालाले बताए।

 कार्यक्रममा डा. निरञ्जन कोइरालाको अध्यक्षता ,नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरू बराल को प्रमुख आतिथ्यता, गण्डकी प्रदेश नीति तथा योजना आयोग का सदस्य डा. सुवास अधिकारीको विशिष्ट आतिथ्यता साथै पाेषणविद् डा.सुधा श्री अधिकारी, डा. केशव भट्टराई र वसन्त बरालको आतिथ्यता रहेको थियो। सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरू बरालले वनस्पति अनुसन्धान तथा पर्यावरण संरक्षणमा क्षेत्रमा संस्थाले  पुर्याएको योगदानको प्रशंसा गरे । साथै जडिबुटीहरूलाई स्वदेशमै प्रशोधन गर्नुपर्ने कुरामा उनले जोड दिए । 

त्यस्तै विशिष्ट अतिथि डा. सुवास अधिकारीले कृषि तथा वन मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । संस्थाका संस्थापक डा निरञ्जन कोइरालाले नेपालमा जडिबुटीहरू घाँस दाउरा रूपमा खेर गाई रहेको साथै प्रशोधन अभावमा सस्तोमा बिक्री गरीरहेको र सोहि जडिबुटीका प्रशोधित औषधिहरू महँगोमा खरिद गर्नु परेको तितो यथार्थलाई प्रस्तुत गरे।

 नेपालमा देखिएको फोहोरमैला तथा वातावरण सम्बन्धि समस्याको प्रशंगमा बोल्दै डा. कोइरालाले  'फोहोरलाई मोहोरमा बदल्न फोहोरबाट बायोग्याँस, बायोडिजेल, बायोइलेक्ट्रिसिटीका रूपमा उत्पादन गर्न सकिने' विषयमा जोड लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप