लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । उक्त नीति तथा कार्यक्रम प्रदेशसभामा प्रमुख अमिक शेरचनले यही जेठ २५ गते प्रस्तुत गरेका हुन् । प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो ।
सभामा सम्बोधनका क्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्बोधन गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको जनाउँदै लुम्बिनी प्रदेशको विकासका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरे ।
मुख्यमन्त्री केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरकफरक भए पनि लुम्बिनीको विकासमा एक हुनका लागि सबैलाई अपिल गरे । उनले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिका क्षेत्रमा लगानी गर्ने जनाउँदै त्यसका लागि प्रदेश सरकार जिम्मेवार भएको बताए ।
उनले लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी विश्वविद्यालय, प्रदेशको राजधानीलगायतका गौरवका आयोजना र आम जनताको जीवनस्तर माथि उठाउनका लागिसमेत आगामी वर्षको बजेटमा समेट्ने तयारी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण