पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
आइतबार, २९ जेठ २०७९, २३ : २४
पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा पहिरो खसेको छ ।
रामपुरदेखि काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडीहरू र काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेको ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्लले जानकारी दिए । । माथिबाट सुक्खा पहिरो झर्ने क्रम जारी रहेकाले तत्काल बाटो खुलाउने काम जोखिम भएको प्रहरी चौकी केलादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण