न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै
न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो ।
न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ । तर, सो मापदण्ड कार्यान्वयन हुनेमा आशंका देखिएको छ । सर्वोच्च अदालत अभिलेख अदालत भएकाले यहाँ नियुक्ति गर्दा चरणबद्ध छलफलपछि निर्णयमा पुग्नेगरी मापदण्ड बनाउनुपर्ने न्यायाधीशहरूको माग छ । विगतका भएको न्यायाधीश नियुक्ति प्रक्रियाको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने र उच्च अदालतमा क्षमतावान् न्यायाधीश नियुक्ति गर्नुपर्ने विषय उठेका छन् । क्षमतावान् न्यायाधीश नियुक्ति गर्दा मुद्दाको चाप पनि घटाउन सहयोग पुग्ने सुझाव सर्वोच्च अदालतका न्यायाधीशहरूले फुलकोर्ट बैठकमा दिएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण