बाढीले जेठमै बगायो ३५ सय रोपनी खेत
सोमबार, ३० जेठ २०७९, ०६ : ५६
पालुङटार–९ का चक्रबहादुर लामाको साठीमुरे खेत तीन वर्षअघि साउन ५ गते चुक्ती खोलाको बाढीले बगर बनायो। हिउँदभरि मोहियाहरू(सँधियार) मिलेर अमिन झिकाई खोलाघर छुट्ट्याए। मोहियाको साँधसीमा छुट्याए। एस्काभेटर लगाई खोलालाई आफ्नै बाटोमा लगाए। तारजाली लगाएर छेकबार गरे।
यति गर्दा १ लाख रुपैयाँ खर्च भयो। मेसिन लगाएर जग्गा सम्याए र रोपाइँ गरे। रोपाइँकै राति अर्थात् गत असार १६ गते घनघोर वर्षा भयो।
खेत फेरि बगर पल्ट्यो। फेरि हिउँदभर बगरलाई खेत बनाए। रोपाइँको तयारी थियो। तर, यसपटक पनि जेठ २७ गतेको बाढीले खेत फेरि बगर बन्यो। खोलाले लगातार तीन वर्ष दुःख दिएपछि निराश छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण